कोशीका पुर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ कार्तिक २५, आईतबार (५ महिना अघि)
  • १०४ पटक पढिएको
कोशीका पुर्वमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ

कात्तिक २५,काठमाडौँ । कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन् । मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन् ।

गृहमन्त्रालय स्रोतका अनुसार उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं ल्याइँदैछ। मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस