बागमतीमा थपियो मन्त्रालय: विना विभागीय मन्त्री श्रेष्ठले सहकारी मन्त्रालय पाउने सम्भावना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ कार्तिक २७, मंगलबार (५ महिना अघि)
  • २४२ पटक पढिएको
बागमतीमा थपियो मन्त्रालय: विना विभागीय मन्त्री श्रेष्ठले सहकारी मन्त्रालय पाउने सम्भावना

कात्तिक २७,काठमाडौँ । बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या बढाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशमा रहेको १३ मन्त्रालयलाई विभाजन गरी १४ मन्त्रालय बनाएको हो ।

मन्त्रिपरिषद् बैठकले मन्त्रालयको सङ्ख्या थप गरी मन्त्रिपरिषद्को कार्यविभाजन स्वीकृत गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिए । उनका अनुसार बैठकले प्रदेशमा सहकारी तथा गरिबी निवारण मन्त्रालय खडा गर्ने निर्णय गरेको छ ।

उक्त कार्यविभाजन अनुसार मन्त्रीको जिम्मेवारी भने नतोकिएको उनले बताए । मुख्यमन्त्री बहादुर सिंह लामाले कार्यविभाजन अनुसार सो मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोक्ने उनले बताए ।

बागमती प्रदेशमा विगत ११० दिनदेखि एक विना विभागीय मन्त्री कायम रहेका छन् । गत साउन ९ मा मुख्यमन्त्री लामाले नियुक्त गरेका मधुकुमार श्रेष्ठले जिम्मेवारी पाउन सकेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस