माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ मंसिर ७, शुक्रबार (४ महिना अघि)
  • ५९ पटक पढिएको
माओवादी केन्द्रले आज कीर्तिपुरको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने

मंसिर ७, काठमाडौँ । यही मंसिर १६ गते हुन लागेको कीर्तिपुर नगरपालिकाको उपनिर्वाचनको सन्दर्भमा आज नेकपा माओवादी केन्द्रले उमेदवारको तर्फबाट चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने भएको छ ।

नयाँ बजारस्थित कीर्तिपुर नगरपालिका कार्यालय छेउमा रहेको पार्टी प्यालेसमा मध्यान्ह १२ बजे चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्ने कार्यक्रम रहेको माओवादीले जनाएको छ । कार्यक्रममा पार्टीका उपाध्यक्ष, बागमती प्रदेश इन्चार्ज तथा प्रवक्ता अग्निप्रसाद सापकोटासहित समाजवादी मोर्चामा आवद्ध पार्टीका केन्द्रीय नेताको सहभागितामा हुने बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस