बयानको लागि रवि लामिछानेलाई चितवन लगियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ मंसिर १८, मंगलबार (४ महिना अघि)
  • ४७ पटक पढिएको
बयानको लागि रवि लामिछानेलाई चितवन लगियो

मंसिर १८, काठमाडौँ । सहकारीको रकम हिनामिना गरेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज चितवन लगिएको छ। उनलाई बुद्ध एअरमार्फत चितवन लगिएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।

चितवनको साहारा सहकारीको रकम हिनामिना गरेको आरोपमा चितवन प्रहरीमा मङ्सिर ५ गते पूरक निवेदन दर्ता भएपछि बयानको लागि काठमाडौंबाट लामिछानेलाई सिधै चितवन लगिएको हो । लामिछानेको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा हिजो बयान सकिएको थियो ।

साहारा चितवन सहकारीकै रकम हिनामिना अभियोगमा पूर्व डीआईजी छविलाल जोशी र रामबहादुर खनाललाई दुई दिन लगाएर बयान लिइएको थियो । उनीहरूलाई आइतबार चितवन ल्याएर हिजो बयान सकिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस