म प्रधानमन्त्रीबाट हटें देश हिंड्न छोड्यो, म आएको छु फेरि देश हिंड्छ : ओली

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ मंसिर २६, बुधबार (४ महिना अघि)
  • ४७ पटक पढिएको
म प्रधानमन्त्रीबाट हटें देश हिंड्न छोड्यो, म आएको छु फेरि देश हिंड्छ : ओली

मंसिर २६, काठमाण्डौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रधानमन्त्री रहुञ्जेल देश अघि बढ्ने तर हटेपछि देश अस्तव्यस्त हुने बताएका छन् । तेह्रथुमको आठराई गाउँपालिका–४ इवा स्थित आफूले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफू प्रधानमन्त्रीबाट हटेको दिनदेखि नै देशमा विकास निर्माणका कामको गति रोकिने दावी गरे ।

आफूले देशभर एकै पटक ३९६ वटा १५ बेडको अस्पताल शिलान्यास गरेको स्मरण गर्दै प्रधानमन्त्री ओलीले अहिलेसम्म १०० वटा अस्पताल सञ्चालनमा आइसकेका बताए । तर आफू प्रधानमन्त्रीबाट हटेपछि कति अस्पताल निर्माणको गति रोकिएको भन्दै उनले त्यतिबेलै संक्रान्ति बजारमा पनि शिलान्यास गरेको १५ बेडको अस्पताल हटेपछि निर्माण हुन नसकेको बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘१५ बेडको अस्पताल मैले एकैचोटि देशभर ३९६ वटाको शिलान्यास गरेको थिएँ, त्यसका लागि बजेट छुट्याएको थिए, जसमा अहिले लगभग १०० वटा अस्पतालहरु चलिसके होलान्’, तर संक्रान्ति बजारको अस्पताल अघि बढ्न सकेन, म हिँडे देश हिँड्न छोड्यो, म प्रधानमन्त्रीबाट हटेँ देश हिँड्न छोड्यो, अब म आएको छु फेरि देश हिँड्छ ।’

देशको अप्ठ्यारो स्थितिलाई हेरेर इतिहास बोकेका र योगदान दिएका प्रमुख दल नेकपा एमाले र नेपाली कांग्रेस मिलेर सरकार बनाएका उनले बताए । यस सरकारले देशमा स्थिरता ल्याउने, स्थायित्व ल्याउने, देशलाई सुशासन दिने, देशलाई विकासको गतिमा अगाडि बढाउने संकल्प गरेको प्रधानमन्त्री ओलीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस