नेकपा एमालेले सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष ४, बिहिबार (४ महिना अघि)
  • ६० पटक पढिएको
नेकपा एमालेले सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउने

पौष ४, काठमाडौँ । मंसिर २९ र ३० गते राष्ट्रिय कार्याशालामार्फत संकल्प गरेका कार्यक्रमलाई कार्यान्वयनमा लैजान नेकपा एमालेले सचिवालय र केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ । त्यसका लागि सचिवालयको बैठक पुस १० मा र केन्द्रीय कमिटीको बैठक पुस २० र २१ गते बोलाउने तयारी भएको एमाले नेताहरुले जनाएका छन् । यद्यपी दुवै मिति घोषणा भैनसकेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जनाएका छन् ।

‘पहिला सचिवालय बैठक बस्छ त्यसपछि केन्द्रीय कमिटी बैठक बस्छ तर दुवै बैठकको मिति घोषणा हुन बाँकी छ’, गौतमको भनाइ छ । एमालेले आगामी निर्वाचनमा पार्टीलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने घोषणा गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस