भीम रावलको संगठित सदस्यता खोसियो

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष १०, बुधबार (३ महिना अघि)
  • ७२ पटक पढिएको
भीम रावलको संगठित सदस्यता खोसियो

पुस १०,काठमाडौँ । नेकपा एमालेले नेता भीम रावलको संगठित सदस्यता खोसेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

दसौँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षको उम्मेदवार बनेका थिए । रावलले पछिल्लो समय पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको एमालेको भनाइ छ ।

‘अभिव्यक्तिहरू पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएकाले संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरेको हो’, ज्ञवालीको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस