एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न सकिदैन् : प्रधानमन्त्री ओली

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष ११, बिहिबार (३ महिना अघि)
  • ९४ पटक पढिएको
एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न सकिदैन् : प्रधानमन्त्री ओली

पुस ११,काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन्। काठमाण्डौमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए ।

उनले नेपालको वनको क्षमताअनुसार एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा तीन सय वटाभन्दा धेरै बाघ रहेको बताए । अरूले भनेअनुसार बाघको सङ्ख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जङ्गल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्याङ्कन र सम्मान हुन नसके नेपालले अरू देशका लागि जङ्गलको संरक्षण गर्न नसक्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस