आज पनि कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान लिइदै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष १२, शुक्रबार (३ महिना अघि)
  • ६५ पटक पढिएको
आज पनि कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान लिइदै

पुस १२,काठमाडौँ । सहकारीको रकम अपचलनको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कास्की जिल्ला अदालतमा हिजोदेखि बयान शुरू भएको छ ।

लामिछानेसँग हिजो न्यायाधीश नितिज राईले तीन घण्टा बयान लिनुभएको हो । बयानमा लामिछानेले अभियोगपत्रमा भनेजस्तो सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नरहेको दाबी गर्नुभएको छ ।

सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुर अभियोगमा हिजो उहाँको बयान नसकिएकाले आज पनि बयान लिइने अदालतले जनाएको छ ।

यसअघि गोर्खा मिडियाका पूर्वउपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईको बयान सकिएको छ भने राम बहादुर खनाल, कृष्ण बहादुर गुरुङ, मिना गुरुङ र आरती गुरुङको बयान लिन बाँकी छ ।

सूर्यदर्शन प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका सबैको बयान सकिएपछि मात्रै थुनछेक बहस हुने अदालतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस