भीम रावललाई एकीकृत समाजवादीमा आउन घनश्याम भूसालको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १३, शनिबार (३ महिना अघि)
  • ४८ पटक पढिएको
भीम रावललाई एकीकृत समाजवादीमा आउन घनश्याम भूसालको आग्रह

पौष १३, काठमाण्डौँ ।  नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले एमालेका पूर्व उपाध्यक्ष भीम रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरेका छन् । भीम रावललाई एमालेले बुधबार साधारण सदस्यबाट समेत हटाएको थियो ।

आज (शनिबार) काठमाडौंमा आयोजित एक कार्यक्रममा महासचिव भूसालले रावललाई पार्टीमा आउन आग्रह गरेका हुन् । उनले नेपाल पार्टी नभएर नभई राम्रो पार्टी नभएका कारण दुःख पाएको भन्दै रावललाई आफ्नो पार्टीमा आउन आग्रह गरेका हुन् ।

‘उहाँले के गर्नु हुन्छ भन्न सक्दिनँ । नेपाल राम्रो पार्टी नभएर दुःख पाएको हो । म हाम्रो पार्टीमा आउन आह्वान गर्दछु,’ महासचिव भूसालले भने । एमालेबाट निकालिएपछि भीम रावल कुनै पार्टीमा जाने पक्षमा नरहेको उनी निकटहरूले बताएका छन् । बरू नयाँ पार्टी खोल्ने तयारीमा रहेको निकटस्थहरू बताउँछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस