पार्टी प्रवेश गर्दै

एमालेका पूर्वउपाध्यक्ष बामदेव गौतम एकीकृत समाजवादीमा आउने

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • ५६ पटक पढिएको
एमालेका पूर्वउपाध्यक्ष बामदेव गौतम एकीकृत समाजवादीमा आउने

पौष १४, काठमाडौँ । एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन् । उनी एकीकृत समाजवादीमा वरिष्ठ नेता हुनेछन् । अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनालपछि उनी तेस्रो वरीयतामा रहने भएका हुन् । वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेको वरीयता चौथो हुनेछ ।

गौतमले पछिल्लो समय ‘जसले अध्यक्ष पद दिन्छ, म त्यतै जान्छु’ भन्दै आएका थिए । उनले कहिले एमाले अध्यक्ष केपी शर्मा ओली, कहिले माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग संवाद गर्दै आएका थिए । पछिल्लो समय एकीकृत समाजवादीसँग औपचारिक–अनौपचारिक वार्तापछि उनी वरिष्ठ उपाध्यक्ष बन्न तयार भएका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस