प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष १४, आईतबार (३ महिना अघि)
  • ४२ पटक पढिएको
प्रतिनिधिसभाको सचिवमा हर्कराज राई सिफारिस

पौष १४, काठमाडौँ । प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राई सिफारिस भएका छन् । सभामुख देवराज घिमिरेले आइतबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेर संविधानको धारा १०६ बमोजिम सचिव नियुक्तिको सिफारिस गरेका हुन् ।

प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले ०८१ मंसिर ९ गते राजीनामा दिएपछि सो पद रिक्त थियो । झापाको शिवसताक्षी–२ निवासी राईले सार्वजनिक प्रशासनमा एमफिल, राजनीति शास्त्र तथा ग्रामीण विकासमा स्नातकोत्तर र अंग्रेजी साहित्य तथा पत्रकारितामा स्नातक गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस