पौष १५, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) मा नेकपा एमालेका पूर्व उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतम आउने भएपछि निकै ठुलो चर्चा फैलिएको छ । यसकारण पनि आज माधव नेपाल र बामदेव गौतमबिच भेटवार्ता भयो ।
अध्यक्ष नेपाल र नेता गौतमबीच सोमबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर काठमाडौंमा भेटवार्ता भएको हो । नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने सहमति गरेका गौतम आज निर्णायक छलफलका लागि पार्टी कार्यालयमै पुगेका हुन् ।