माओवादी केन्द्रीय कमिटी बैठकको तयारी तीब्र, दस्तावेज लेखनमा जुट्दै दाहाल !

माओवादी केन्द्रीय कमिटी बैठकको तयारी तीब्र, दस्तावेज लेखनमा जुट्दै दाहाल !

पौष १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी वैठकको तयारी तीब्र बनाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रीय कमिटीको बैठकमा पेश गर्ने प्रतिवेदन लेखनमा जुटेका हुन् । पौष २१ र २२ गते बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्तावेज लेखनमा उनी केन्द्रित भएका हुन् ।

अध्यक्ष प्रचण्ड बैठकमा पेश गर्ने प्रतिवेदन लेखनमा जुटिसकेको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । बैठकमा प्रचण्डले पार्टीको पछिल्ला समामयिक राजनीतिक घटनाक्रम, आगामी कार्ययोजना, प्रतिपक्षमा रहेको पार्टीको भूमिकालगायतको विषय समेटिने उनले जानकारी दिए ।

आफू नेतृत्वको सरकार ढलेर प्रतिपक्षमा पुगेको पाँच महिनापछि प्रचण्डले सिंगो केन्द्रीय कमिटीको बैठक राख्न लागेका हुन् ।

ताजा अपडेट

खोजी गर्नुहोस