पौष १५, काठमाडौँ । बामदेव गौतमले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्न बिभिन्न सर्त अगाडी सारेका छन् ।
आलोकनगरस्थित नेकपा एसको केन्द्रीय कार्यालयमा पुगेका गौतमले पार्टी प्रवेशका लागि सर्तहरू राखेका हुन् ।
पार्टी कार्यकारी राष्ट्रपतिको अजेन्डामा जानु पर्ने, अभिव्यक्ति स्वतन्त्रता हुनु पर्ने तथा केन्द्रीय सदस्य पूर्णकालीन हुनु पर्नेलगायतका सर्त राखेको उनले जानकारी दिएका छन् । उनका अनुसार अध्यक्ष नेपालले पार्टी भित्र छलफल गरेर खबर गर्ने आश्वासन दिए पछि बैठक सकिएको थियो ।
नेकपा एसले तेस्रो मर्यादाक्रममा राखेर गौतमलाई पार्टी भित्र प्रवेश गराउने प्रयास गरिरहेको छ, त्यसैको सिलसिलामा उनी आज नेकपा एसको केन्द्रीय कार्यालय पुगेका हुन् ।