‘खानेपानी आयोजनामा नतिजा देखिने गरी समयमै काम सम्पन्न हुनुपर्छ’ : मन्त्री यादव

‘खानेपानी आयोजनामा नतिजा देखिने गरी समयमै काम सम्पन्न हुनुपर्छ’ : मन्त्री यादव

पौष १८, बुटवल । खानेपानीमन्त्री प्रदीप यादवले नागरिकलाई वितरण गर्नका लागि निर्माण भइरहेका खानेपानी आयोजनामा नतिजा देखिने गरी तोकिएको समयमा काम सम्पन्न हुनुपर्ने बताएका छन् ।

बुटवल स्थित संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बुटवल कार्यालयको निरीक्षण एवं अनुगमन गर्दै मन्त्री यादवले मानिसलाई बाच्नका लागि आवश्यक पर्ने पहिलो चिज पानी भएकाले खानेपानीका क्षेत्रमा भइरहेका कामहरुको नतिजा देखिने गरी समयमै काम गर्नुपर्ने बताए । उनले भने, “मानिसलाई बाच्नका लागि आवश्यक पर्ने सबै भन्दा महत्वपूर्ण चिज भनेको पानी हो । नागरिकलाई शुद्ध पानी प्रदान गर्ने उदेश्यले सञ्चालनमा रहेका हाम्रा सबै खानेपानी आयोजनाहरुको नतिजा देखिने गरी काम गरौँ ।” सोही क्रममा मन्त्री यादवले हाल सञ्चालनमा रहेका खानेपानी आयोजनाहरुमा कुनै पनि समस्या आईपरे अथवा बाधा अवरोध सृजना भए सो कुराको जानकारी तत्काल आफुलाई सहित मन्त्रालयमा गराउन समेत उनले सबैलाई आग्रह गरे । उनले भने, “खानेपानी जस्तो अत्यावश्यक चिजमा बाधा अवरोध हुनु हुँदैन । कति कतै कुनै समस्या आइपरे त्यसको जानकारी मलाई सहित मन्त्रालयमा गराउनुहोला । समस्याको समाधान हामीले निकाल्ने छौँ ।”

अनुगमन तथा निरीक्षणकै क्रममा मन्त्री यादवले हाल निर्माणाधिन अवस्थामा रहेका खानेपानीका आयोजनाहरुमा केही निर्माण व्यवसायीहरुले विभिन्न बाहना बनाएर काम ढिलो गर्ने र तोकिएको समयमा सम्पन्न नगर्ने गरेको भन्ने जन गुनासो सुनिएकाले निर्माणमा ढिला सुस्तिको काम तत्काल बन्द गर्न समेत आग्रह गरे ।

“नागरिकका लागि अत्यावश्यक पर्ने खानेपानी आयोजना निर्माणमा ढिलाई गर्ने लगायतका कुनै पनि बाहना स्वीकार्य हुँने छैन,” उनले भने, “बाहना बनाएर काम ढिलो गर्ने तोकिएको समयमा आयोजना सम्पन्न नगर्नेका बिरुद्ध मन्त्रालय बाध्य भएर कानुनी बाटो खोज्ने छ ।” उक्त निरीक्षण एवं अनुगमनमा मन्त्रालयका सचिव ई प्रमिलादेबी शाक्य बज्राचार्य, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ, मन्त्रालयका सहसचिव रमाकान्त दुवाडी, सहसचिव राजेन्द्र सापकोटा, खानेपानी संस्थानका अध्यक्ष गुणाकर भुसाल, संस्थानका निमित्त महाप्रवन्धक त्रिदिपकुमार श्रेष्ठ, इञ्जिनियरिङ महाशाखा प्रमुख निरन मर्हजन, प्रधान कार्यालयका प्रमुख बुद्धरत्न मर्हजन, मोहनदत्त भट्ट, आयोजना प्रमुख मन्दिप श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।

लेखकको बारेमा

  • दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।

  • लेखकको सामाजिक सञ्जाल

    थप आर्टिकलहरु :

    ताजा अपडेट

    खोजी गर्नुहोस