राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ पौष २०, शनिबार (३ महिना अघि)
  • ६९ पटक पढिएको
राप्रपा नेपालले राजसंस्था र हिन्दु राष्ट्रका लागि चैतदेखि आन्दोलन गर्ने

पौष २०, काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले हिन्दु राष्ट्र र राजसंस्था फर्काउन चैतदेखि आन्दोलन गर्ने निर्णय गरेको छ । आज ९शनिबार० सकिएको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । यस्तै आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । २०८२ मंसिर १३ देखि १५ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको जनाइएको छ । अध्यक्ष थापा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० को अध्यक्षमा राजेन्द्र लिङदेनसँग पराजित भएपछि राप्रपा नेपालमा फर्किएका थिए ।

उतिबेला आफूलाई दरबार पूर्व राजसंस्थाका सदस्यले हराएको भन्दै आलोचनामा उत्रिएका थिए । केही समय अब राजतन्त्र नफर्किने समेत भन्न थालेका थिए । पछिल्ला वर्षहरूमा भने उनी राजतन्त्रका पक्षमा नरम सुनिदै आएका छन् । राप्रपा नेपालले विसं २०८२ साल मंसिर दोस्रो साता पार्टीको केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको छ । पार्टी प्रवक्ता बसन्तमान सिंह अधिकारीका अनुसार पार्टीको राजनीतिक कार्यपत्र, संगठन विभागको प्रतिवेदन तराई मधेस उत्थान अभियान सम्बन्धि कार्ययोजना, आर्थिक प्रतिवेदन र सचिवालयको प्रतिवेदन पनि परिमार्जनसहित पारित भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस