पौष २१, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । हिजोदेखि काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो । जारी बैठकले मुख्यतयाः सभापति रवि लामिछानेमाथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख एजेण्डा बनाइएको छ ।
कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रीत भएर छलफल भइरहेको छ । रास्वपा केन्द्रीय समितिको बैठकमा समसामयिक राजनीतिक विषयको बारेमा छलफल र विभिन्न प्रदेशबाट सभापति र महामन्त्रीले रिपोर्टिङ गरेका छन् ।