पौष २१, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको केन्द्रीय समिति बैठक आजदेखि सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको बैठकमा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय राजनीतिक परिस्थितिसहितको विषयवस्तु समेटिएको प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना,पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका छन् ।