भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्री ओलीको आग्रह

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ पौष २३, मंगलबार (३ महिना अघि)
  • ५३ पटक पढिएको
भूकम्पबाट सुरक्षित रहन प्रधानमन्त्री ओलीको आग्रह

पौष २३, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट सुरक्षित रहन सबैलाई आग्रह गरेका छन् ।
मंगलबार बिहान सामाजिक सञ्जालमा लेख्दै उनले भने, “हिजोआज विभिन्न भागमा सानाठूला भूकम्पका धक्का आइरहेका छन् । सबै सतर्क रहनुहोला, सुरक्षित रहनुहोला ।”

मंगलबार बिहान ६:५० बजे नेपाल र चीन तिब्बतको सीमा क्षेत्र केन्द्रबिन्दु भएको भूकम्पको धक्का काठमाडौंसहित देशका विभिन्न जिल्लामा पनि महसुस गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस