बचत रकम अपचलन मुद्दा

रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आदेश आउने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २५, बिहिबार (३ महिना अघि)
  • ७६ पटक पढिएको
रविसहितको मुद्दामा सबै बहस सकियो, साँझसम्म आदेश आउने

पौष २५, काठमाण्डौँ । पोखरास्थित सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेसहितका सात प्रतिवादीहरूको सबै बहस सकिएको छ ।

बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले बहस गरेपछि बिहीबारका लागि सरकारी वकिलहरूको बहस बाँकी थियो । सरकारी वकिलले पनि बिहीबार दिउँसो १ बजे जवाफी बहस सकेपछि अब आदेश बाँकी भएको छ ।

जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले सबै बहस सकिएकाले आजै साँझसम्म पुर्पक्षसम्बन्धी आदेश आउने सम्भावना रहेको बताए ।

 

#बचत रकम अपचलन मुद्दा

ताजा अपडेट

खोजी गर्नुहोस