पुस २६,काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले दुम्कीबासको यातायात तुरुन्तै सञ्चालनमा ल्याउन सडक विभागलाई निर्देशन दिएका छन् ।
शुक्रबार साँझ दुम्कीबासमा पुल भाँचिएका कारण अवरुद्ध हुन पुगेको यातायात लाई डाइभर्सन निर्माण गरी अविलम्ब सञ्चालनमा ल्याउन उनले निर्देशन दिए ।
बढी भार भएका सवारीसाधनको जाँच कडा बनाउनु पर्नेमा उनले जोड दिएका छन् । उक्त स्थानमा अस्थायी व्यवस्था गरेर भए पनि सडक खुलाउन मन्त्री दाहालले निर्देशन दिएका हुन् ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कीबासमा पुल भाँचिँदा सवारी आवागमन बन्द भएपछि मन्त्री दहालले प्रहरी तथा अन्य निकायहरूसँग समेत समन्वय गरी सवारीसाधन रोकिने अवस्था आउन नदिन विभागलाई निर्देशन दिएका हुन् ।