आर्थिक विकासका लागि कानुन संशोधन : गृहमन्त्री लेखक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ पौष २७, शनिबार (३ महिना अघि)
  • ४५ पटक पढिएको
आर्थिक विकासका लागि कानुन संशोधन : गृहमन्त्री लेखक

|

पौष २७, काठमाण्डौँ ।  गृहमन्त्री रमेश लेखकले मुलुकको आर्थिक विकासका लागि सरकारले अध्यादेशमार्फत केहि कानुन संशोधन गरेको बताएका छन् । नेपाल मसलन्द तथा शैक्षिक सामाग्री उद्योग संघको २५ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् । सरकारले बढि मूल्य परे पनि स्वदेशी उत्पादन प्रयोग गर्ने नीति लिएको बताउँदै मुलुकमा उद्योगको विकासका लागि सरकार प्रतिबद्ध रहेको उनले बताए ।

गृहमन्त्री लेखकले भने, ‘हिजो राति अबेरसम्म बसेर सरकारले महत्वपूर्ण निर्णयहरु गरेको छ । हामीले समृद्धि र आर्थिक विकासका लागि केहि महत्वपूर्ण कानुनहरुलाई संशोधन गरेका छौ । शासकीय सुधारसँग सम्बन्धित कानुनहरु, उद्योग व्यवसाय सहज सञ्चालन हुने कानजुनहरु र सुशासनलाई प्रत्याभुत गर्ने कानुनहरु छन् । थप पनि उद्योगहरुको वातावरण निमार्णका लागि सरकारले हमेशा निजी क्षेत्रसँग मिलेर काम गर्न तयार छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस