पौष २८, काठमाण्डौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालमा विद्यमान अवकाश अवधि घटाउने प्रावधानसहितको विधेयक मन्त्रिपरिषद्मा पेश भएको छ । विधेयक अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि मन्त्रिपरिषद्मा पुगेको हो ।
दुबै सुरक्षा संगठनमा रहेको कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक शुक्रबार बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् बैठकले संघीय ससदमा पेश गर्न स्वीकृति दिएको हो । गृहमन्त्री रमेश लेखकले पद बहालीगरेसँगै प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए । उनकै जोडबलमा गृह मन्त्रालयले विधेयक अघि बढाएको हो ।
गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो ।