अदालतमा रवि लामिछाने पक्षको बहस सुरु

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • ४७ पटक पढिएको
अदालतमा रवि लामिछाने पक्षको बहस सुरु

माघ २, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई आज काठमाडौं जिल्ला अदालतमा थुनछेक बहसका लागि उपस्थित गराइएको छ ।

उनीमाथि काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनको मुद्दा लागेको छ । काठमाडौँ जिल्ला अदालतमा प्रतिवादी रवि लामिछानेका तर्फबाट बहस सुरु भएको छ । उनका तर्फबाट पूर्वमहान्यायाधिवक्ता सुशील पन्तले बहस थालेका हुन् ।

आइतबार बयानका लागि उनी काठमाडौं जिल्ला अदालतमा हाजिर भएका थिए । त्यसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले उनलाई हिरासतमा पठाउन आदेश गरेको थियो । सोमबार पनि थुनछेक बहस भएको थियो, तर मंगलबार माघे संक्रान्तिको विदा भएकाले बयान हुन सकेन । त्यसपछि आजदेखि पुनः निरन्तर सुनुवाइ हुन लागेको हो ।

# रवि लामिछाने

ताजा अपडेट

खोजी गर्नुहोस