सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ ११ गते हुने, प्रधानमन्त्री ओली आउने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • ५२ पटक पढिएको
सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रु’ माघ ११ गते हुने, प्रधानमन्त्री ओली आउने

माघ २, काठमाण्डौँ । बहुप्रतिक्षित सिद्धबाबा सुरुङमार्गको काम सकिए पनि ‘ब्रेक थ्रु’ माघ ११ गते हुने भएको छ । पुस मसान्तमै काम सकिएपनि प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण ‘ब्रेक थ्रु’ समय तेस्रो पटक सारिएको छ ।

सुरुङ खन्ने वा ठूला निर्माणको क्षेत्रमा ‘ब्रेक थ्रु’ सेरेमोनीका रूपमा मनाइने भएकाले विशेष कार्यक्रम राखिएको सिद्धबाबा सुरुङमार्ग आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए । उनका अनुसार प्रधानमन्त्रीको सचिवालयबाट माघ ११ गतेलाई समय मिलाइएको जानकारी पाइएको छ । सोहीअनुसारको तयारी भइरहेको उनले बताए ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आफूलाई प्रधानमन्त्रीको सचिवालयबाट माघ ८ गते हुने कार्यक्रमलाई ११ गते सार्ने जानकारी आएको बताए । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३, दोभान सिद्धबाबामा निर्माणाधीन सुरुङमार्ग खनेर सक्न अब १.५ मिटर मात्र बाँकी छ । ११२६ मिटरको सुरुङमध्ये खन्नुपर्ने भाग १०८९ मिटर मात्रै हो । जसमध्ये ‘ब्रेक थ्रु’ का लागि १.५ मिटर बाँकी राखेर १०८७.५ मिटर सुरुङ खनेर सकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस