माघ २, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढल्ने हल्ला धेरै आएपनि यो भ्रम रहेको बताएका छन् ।
बालुवाटारमा आज बिहान उद्योगी व्यवसायीहसँगको भेटघाट कार्यक्रममा उनले बिपक्षी दलले राम्रा काम हुँदा पनि विरोध मात्रै गरेर सरकारकप्रति भ्रम छरेको बताएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले मंगलबार मात्रै सुकुटेमा पत्रकारसँग सरकार आफ्नै कारणले ढल्न लागेको टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले सरकारको नेतृत्व गर्नेहरुले विकास गरौं भन्ने इच्छाशक्ति नदेखाउँदा देशमा यो अवस्था आएको बताएका छन् ।
# केपी शर्मा ओली #सरकार