रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ २, बुधबार (३ महिना अघि)
  • ६१ पटक पढिएको
रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न काठमाडौं अदालतको आदेश

माघ २, काठमाडौँ । सहकारी ठगी प्रकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले सो आदेश दिएको हो । कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको अभियोगमा लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाइएको थियो ।
यसअघि जिल्ला अदालत कास्कीले पनि ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

#रवि लामिछाने

ताजा अपडेट

खोजी गर्नुहोस