माओवादी नेताहरूको जिम्मेवारी हेरफेरको तयारी

माओवादी नेताहरूको जिम्मेवारी हेरफेरको तयारी

माघ ३, काठमाडौँ । नेकपा माओवादी केन्द्रले सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने तयारी गरेको छ।

माओवादीमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको पुनरागमनको चर्चासंगै नेताहरुको जिम्मेवारी हेरफेरमा पुन केन्द्रमा रहेको माओवादी स्रोतले बताएको छ । पुनलाई जिम्मेवारीसहित पार्टी भित्र्याउने तयारीमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) रहेको स्रोतको दाबी छ ।

गत पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय कार्यान्वयन गराउनको लागि हिजो (बुधबार) बसेको पदाधिकारी बैठकमा सबै नेताहरूको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पेस भएको हो।

सचिव लीलामणि पोखरेलेले बैठकमा कार्ययोजना र कार्यविभाजनाबारे सामान्य छलफल सुरुवात मात्रै भएको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस