भीम रावलसँगै देखिएका कर्ण थापाले एमाले छोड्ने हल्ला निराधार !

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ ४, शुक्रबार (३ महिना अघि)
  • ६९ पटक पढिएको
भीम रावलसँगै देखिएका कर्ण थापाले एमाले छोड्ने हल्ला निराधार !

माघ ४, काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा एमालेका स्थायी समिति सदस्य कर्णबहादुर थापाले एमालेबाट निष्कासित भएका डा भीम रावलको पार्टीमा प्रवेश गर्न लागिएको हल्ला निराधार भएको बताएका छन् ।

‘म बाजुरामा हुन लागिएको पार्टीको पालिकास्तरीय अधिवेशनमा भाग लिन धनगढी आएको हुँ। उहाँपनि एउटै एयरलाइन्सको टिकट काट्नुभएछ । सँगै फोटो देख्दैमा शङ्का गर्नु राम्रो होइन । म पार्टी कामले आएको हुँ । भीमजी आफ्नै कामले आउनुभएको होला । एमाले छोड्न लागेको हो कि भन्ने हल्ला निराधार हो’, उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस