कोशीका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ५६ पटक पढिएको
कोशीका पूर्व मुख्यमन्त्री उद्धव थापामाथि आक्रमण

माघ ६, झापा । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका प्रदेश समिति सभापति उद्धव थापामाथि आक्रमण भएको छ । झापाको दोमुखाबाट बिर्तामोड फर्कने क्रममा उनीमाथि कुटपिट भएको हो । शनिबार साँझ सुरुङ्गाको जुकेखाडी पुल नजिकै आक्रमण भएको थापासँगै गाडीमा सवार कांग्रेस झापाका सचिव कृष्ण हुमागाईंले जानकारी दिए । उनले गाडी ओभरटेक गर्ने क्रममा एक्कासी विवाद गरी एक युवाले हातपात गरेको जानकारी दिए ।

नेपाल प्रेस युनियन झापाले दोमुखामा आयोजना गरेको वार्षिक साधारणसभाबाट फर्कंदै गर्दा शनिबार बेलुका करिब ७ बजे कन्काई नगरपालिकाको जुकेखाडी नजिक कुटपिट हुँदा थापाको आँखामा चोट लागेको हुमागाईंले जानकारी दिएका छन् । बा १ झ ६५३ नम्बरको गाडीमा आउँदै गरेका थापामाथि बा १ झ १८७० मा सवार व्यक्तिले आक्रमण गरेका थिए । साँघुरो बाटोमा गाडी ‘ओभरटेक’ गर्न खोजेपछि थापाको सुरक्षामा खटिएका सुरक्षाकर्मीले ‘भीआईपी’ भनेर जानकारी गराउँदै गर्दा एक युवकले मुक्का प्रहार गरेका थिए । उनी बिर्तासिटी अस्पतालमा भर्ना भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस