रविसहित १४ जनाविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा दर्ता

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ ६, आईतबार (३ महिना अघि)
  • ६२ पटक पढिएको
रविसहित १४ जनाविरुद्ध रुपन्देहीमा ठगी र संगठित अपराधको मुद्दा दर्ता

माघ ६, काठमाडौँ । बुटवलस्थित सुप्रिम सहकारी संस्थाको अर्बौँ बचत ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित १४ जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको छ ।

पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछाने र गोर्खा मिडिया नेट्वर्कमा उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनालाई प्रतिवादी बनाएर सरकारी वकिलले मुद्दा दर्ता गराएको हो।
रवि र छविसहितविरुद्ध सहकारी ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । सरकारी वकिलको कार्यालयले यसअघि २८ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर गरिसकेको थियो । यससँगै सुप्रिम सहकारी ठगी प्रकरणमा प्रतिवादीको संख्या पनि ४२ पुगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस