माघ ८,काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले धरानवासीको खानेपानीको समस्या समाधानका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईसँग आज आफ्नै कार्यकक्षमा भएको छलफलमा खानेपानीमन्त्री यादवले समस्या समाधानका लागि एकीकृत खानेपानीको यो वर्ष बोलपत्र अह्वान गर्ने तयारी भएको जानकारी दिए ।
लामो समयदेखि धरानमा खानेपानीको समस्या भएको र उपमहानगरको बजेटले धान्न नसक्ने भएपछि मेयर राई खानेपानीमन्त्रीलाई भेट्न आएका हुन् ।