मधेस सरकारको ‘भाषा विधेयक’ मा सत्तारुढ सांसदकै विरोध, वैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • ५४ पटक पढिएको
मधेस सरकारको ‘भाषा विधेयक’ मा सत्तारुढ सांसदकै विरोध, वैठक स्थगित

माघ १०, जनकपुर । मधेस प्रदेश सभामा पेस भएको सरकारी कामजकाज भाषासम्बन्धी विधेयक सच्याउन सांसदहरूले माग गरेका छन् । सरकारी कामकाजी भाषा विधेयक २०८१ बुधबारको प्रदेश सभामा पेस भएको थियो । विधेयकमा नेपाली भाषाका अतरिक्त अंग्रेजी, हिन्दीलगायत भाषाहरूसमेत समावेश गरे पनि थारू भाषा छुटाइएको भन्दै सांसदहरूले विधेयक सच्याउनु पर्ने माग राखेका हुन् ।

विधेयक फिर्ता लिन मुख्य्मन्त्री सतिश सिंह तयार भइरहेको संकेत आफूले पाएको सभामुख रामचन्द्र मण्डलले बिहीबारको प्रदेश सभा बैठकमै सुनाएका थिए । तर सांसदहरूले विधेयक फिर्ताको माग राखेपछि १० मिनेटका लागि बैठक स्थगित भएको छ । मधेस प्रदेशको कामकाजीको भाषा विधेयक २०८१ हचुवाको भरमा ल्याएको भन्दै प्रदेशसभा बैठकमा सत्तारुढ दलकै सांसदहरुले समेत विरोध गरेपछि सभामुखले बैठक स्थगित गर्नु परेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस