सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा, भोलि फेरि उपस्थित हुने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ १०, बिहिबार (२ महिना अघि)
  • ४९ पटक पढिएको
सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा, भोलि फेरि उपस्थित हुने

माघ १०, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि भोलि पुनः हुनेगरी आज हेर्दाहेर्दैमा राखिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस