माघ ११, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली पाल्पा र रुपन्देहीको पूर्व निर्धारित कार्यक्रममा नजाने भएका छन् । सडक र भवन उद्घाटन तथा शिलान्यास कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली पाल्पा र बुटवल जाने कार्यक्रम रद्द भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
स्वास्थ्य अवस्थाका कारण ओली पूर्व निर्धारित कार्यक्रममा भौतिक रूपमा सहभागी हुन नसक्ने भएका हुन् । डाक्टरहरूको सुझाव अनुसार प्रधानमन्त्री ओलीले पूर्वनिर्धारित कार्यक्रममा भौतिक सहभागिता रद्द गरेको बताइएको छ ।