खबरदारी सभालाई सम्बोधन गर्न अध्यक्ष दाहाल दाङमा

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ माघ ११, शुक्रबार (२ महिना अघि)
  • ४२ पटक पढिएको
खबरदारी सभालाई सम्बोधन गर्न अध्यक्ष दाहाल दाङमा

माघ ११, दाङ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ विभिन्न कार्यक्रमलाई सम्बोधन गर्न दाङ पुगेका छन् । उनले आज तुलसीपुरको अरनिको मैदानमा हुने पार्टीको नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

बिहान तुलसीपुरको बटोलपुरमा सहिद परिवारसँग भेटघाट गरी त्यही खाना खाएर सभामा सहभागी हुने कार्यक्रम तय भएको छ । अध्यक्ष प्रचण्डले तुलसीपुरको सभापछि सहिदस्मृति आवासीय माविमा पुगेर सहिद सन्ततिसँग भेटघाट गर्ने र साझ घोराहीमा उद्योगी व्यापारीसँगको भेटघाट तय भएको छ । अध्यक्ष प्रचण्ड भोलि घोराही र देउखुरीमा हुने कार्यक्रमलाई सम्बोधन गरी काठमाडौं फर्कने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस