माघ १२, काठमाण्डौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको पदाधिकारी चयनका लागि आज मतदान हुँदैछ ।
क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तर्गत अध्यक्षसहितका पदाधिकारी र केन्द्रीय सदस्य चयनको लागि आज निर्वाचन हुन लागेको हो । बिहान ८ देखि बेलुका ६ बजेसम्म सात भौगोलिकसहित दुई गैरभौगोलिक प्रदेशबाट मतदान हुने क्रान्तिकारीले जनाएको छ ।
क्रान्तिकारीको अध्यक्षमा पाँच जनाको उम्मेदवारी कायम भएको छ। जसमा उपदेशकुमार यादव, सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा र योगेन्द्र बुढा रहेका छन् । खुला र आरक्षण गरी नौजना उपाध्यक्ष पदका लागि ४४ जना र महासचिवमा आठ जनाको उम्मेदवारी परेको छ । महासचिवमा पद्मप्रसाद काफ्ले, प्रतीक कार्की, श्यामबहादुर मिजार, रोशन थापामगर, सञ्जीव फुयाल, तिर्सना हमाल, शिव बस्नेत र सञ्जयकुमार महतोले उम्मेदवारी दिएका हुन् ।