सत्ता समीकरण भत्काउन बाह्य शक्ति खेलिरहेका छन् : सीपी मैनाली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १२, शनिबार (२ महिना अघि)
  • ५१ पटक पढिएको
सत्ता समीकरण भत्काउन बाह्य शक्ति खेलिरहेका छन् : सीपी मैनाली

माघ १२, काठमाण्डौँ । नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति सक्रिय रहेको दावी गरेका छन् । आज (शनिबार) काठमाडौंमा आयोजित एकदेव आलेको ५६औं स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेस मिलेर सरकार अघि बढे २०८४ सालसम्म स्थायित्व हुने सम्भावना रहेको तर बाह्य शक्तिले सरकार भत्काउने षड्यन्त्र गरिरहेको दाबी गरे । उनले देशभित्रका कतिपय शक्तिहरूले पनि बाह्य शक्तिको एजेण्डालाई समर्थन गरिरहेको आरोप लगाए।

उनले भने, ‘नेपाली कांग्रेस र नेकपा एमाले मिल्ने हो भने स्थायित्व सम्भव छ, तर बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने षड्यन्त्रमा लागेको छ । देशभित्रका केही शक्तिहरूले बाह्य शक्तिको पक्षमा खेलिरहेका छन् । यसरी नै बाह्य शक्ति हाबी हुने हो भने, बहुमत भए पनि सरकार ढल्न कुनै आइतबार लाग्दैन ।’

ताजा अपडेट

खोजी गर्नुहोस