माघ १२, काठमाडौँ । नेपाली कांग्रेसले सरकारले ल्याएको अध्यादेशको सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी सहित सरकारमा प्रतिनिधित्व गरेका मन्त्रीहरुसहितको बैठकले अध्यादेशका बारेका आफ्ना सांसदहरुसंग सघनरुपमा छलफल गरेर सदनमा एकढिक्का भएर प्रतिरक्षा गर्ने निर्णय गरेको हो ।
बैठकमा कांग्रेसका तर्फबाट मन्त्री भएकाहरुले मुलुकलाई सुशासनका साथै आर्थिक गतिविधिलाई चलायमान बनाउन सरकारले अध्यादेश ल्याएको जानकारी गराएको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनले अध्यादेशका बारेमा संसदीय दलको बैठकबाट समान धारणा बनाउने र संसदमा त्यही अनुसार प्रस्तुत हुने बताए ।