एमालेको संसदीय दलको बैठक मंगलबार बस्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ४९ पटक पढिएको
एमालेको संसदीय दलको बैठक मंगलबार बस्ने

माघ १३, काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । एमालेका सचेतक सुनिता बरालका अनुसार बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा मंगलबार दिउँसो १ बजे संसदीय दलको बैठक बोलाइएको हो ।

संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान गरिएको छ । आगामी संसद्‍मा अधिवेशनमा कसरी अगाडि बढ्ने भन्ने विषयमा बैठकमा छलफल हुने उनले बताइन्। उनका अनुसार संसद्मा पेश हुन लागेका विधेयकहरूमा कसरी सहभागी हुने भन्नेबारे पनि सांसदहरूलाई जानकारी गराइने उनको भनाइ छ ।

गत बुधबार एमाले संसदीय दलले विज्ञहरूसमेत बोलाएर एमाले संसदीय दलले अध्यादेशबारे सांसदहरूलाई प्रशिक्षण दिएको थियो । हिउँदे अधिवेशनमा एमालेका सांसदले खेल्ने भूमिकाको विषयमा पनि छलफल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस