सुप्रिम सहकारी ठगी गर्ने रवि लामिछानेसँग रुपन्देहीमा मागियो १ करोड धरौटी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १३, आईतबार (२ महिना अघि)
  • ९७ पटक पढिएको
सुप्रिम सहकारी ठगी गर्ने रवि लामिछानेसँग रुपन्देहीमा मागियो १ करोड धरौटी

माघ १३, काठमाण्डौँ । रुपन्देही जिल्ला अदालतले बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा रवि लामिछानेसँग १ करोड धरौटी माग गरेको छ । बचतकर्ताको रकम अपचलन गरेको आरोप लागेका लामिछानेलाई आइतबार जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने बताएका थिए । लामिछाने पक्षका वकिलहरूले भने राज्यले प्रतिशोध साँधेको बताएका थिए ।

सुप्रिम सहकारीको रकम अपचलनमा गत आइतबार २२ जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा पूरक अभियोगपत्र दर्ता गरिएको थियो । पूरक अभियोगमा ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।

यसअघि स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था ठगी प्रकरणमा लामिछानेलाई ६० लाख रुपैयाँ र पोखराको सुर्यदर्शन सहकारी ठगी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने अदालतले आदेश दिएको थियो।

ताजा अपडेट

खोजी गर्नुहोस