प्रधानमन्त्रीको आह्वानमा सरकार समर्थक दलहरुको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ माघ १४, सोमबार (२ महिना अघि)
  • ५५ पटक पढिएको
प्रधानमन्त्रीको आह्वानमा सरकार समर्थक दलहरुको बैठक बस्दै

माघ १४, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सरकार समर्थक दलको बैठक आज बस्दैछ । अध्यादेशमा एकै स्वर बनाउन प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने गरी सत्तारुढ दलको बैठक बोलाएका हुन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गतेदेखि सुरु हुँदैछ ।

प्रधानमन्त्री ओलीले १८ गतेको बैठकमा आफ्ना धारणा राख्ने कार्यक्रम छ । सरकारले ल्याएको अध्यादेशको पक्षमा उभिन कांग्रेस र एमालेले आफ्ना सांसदहरूलाई निर्देशन दिएका छन् । तर, अन्य दल भने अध्यादेश ल्याएकोमा खुशी छैनन् । यही कुरा बुझेका ओलीले साना दललाई पनि विश्वासमा लिन बैठक राखेका स्रोतको दाबी छ ।

ताजा अपडेट

खोजी गर्नुहोस