चितवनमा रविविरुद्ध मुद्दा दर्ता गर्न फाइल तयार गरिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १४, सोमबार (२ महिना अघि)
  • ५२ पटक पढिएको
चितवनमा रविविरुद्ध मुद्दा दर्ता गर्न फाइल तयार गरिँदै

माघ १४, काठमाण्डौँ । सुप्रिम सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतमा १ करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध चितवनमा पनि सहकारी ठगी अभियोगमै मुद्दा दर्ताका लागि फाइल तयार भएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय चितवनका न्यायाधिवक्ता शान्तिप्रसाद लुइँटेलले सहारा चितवन सहकारी ठगीमा अनुसन्धान सकेर प्रहरीले रविसहित १४ जनालाई प्रतिवादी बनाउन रायसहितको प्रतिवेदन आफूहरूलाई बुझाइसकेको जानकारी दिए । फाइल तयार भइसकेको छ तर यसबीच लगातारजसो बिदा परेकाले माघ २२ गतेभित्र अदालतमा अभियोजन दर्ता गरिसक्ने तयारी गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस