माघ १३, वीरगंज । जनमत पार्टीको युवा जनमत संघ पर्साले वीरगन्जमा आज आयोजना गरेको कार्यक्रममा विभिन्न दलका २ सय भन्दा बढी युवाहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
वीरगंजमा रहेको जनमत पार्टी पर्साको कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न दलका २ सय भन्दा बढी युवा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेको जनमत पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले जानकारी दिए । कार्यक्रममा जनमत पार्टीका नेता तथा मधस प्रदेश सरकारका उद्योग ,वाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया र जिल्ला अध्यक्ष सर्राफले नवप्रवेशीहरुलार्यमाला,गम्छा र टीका लर्गार पार्टीमा स्वागत गरे ।
युवा जनमत संघका जिल्ला अध्यक्ष उदय यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय सदस्यहरु सिपु तिवारी, अनुराग द्धिवेदी,बिध्यालाल प्रसाद ,युवा नेता संजय सिह, महादेव शर्मा ,राजुराज गिरी ,मनोज साह,लगायतकाको पनि सहभागीता थियो । उक्त अवसर युवा जनमत संघ पर्सा २१ सदस्यीय बिस्तार पनि भएको थियो ।
दिपु वर्णवाल मधेस प्रदेशका संवाददाता हुन् । उनि सामाजिक तथा राजनीतिक विषयमा कलम चलाउछन् ।