समाजवादी मोर्चाले आज बृहत् अन्तर्क्रिया कार्यक्रम गर्दै

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८१ माघ १५, मंगलबार (२ महिना अघि)
  • ४३ पटक पढिएको
समाजवादी मोर्चाले आज बृहत् अन्तर्क्रिया कार्यक्रम गर्दै

माघ १५, काठमाडौँ । नेकपा माओवादी केन्द्रसहित विभिन्न चार दल सम्मिलित समाजवादी मोर्चाले आज वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा मध्याह्न १२ बजेबाट कार्यक्रम सुरु हुने बताइएको छ ।

‘वर्तमान राष्ट्रिय राजनैतिक परिस्थिति र समाजवादी मोर्चा नेपालको कार्यभार’ शीर्षकमा अन्तरक्रिया हुन लागेको हो ।

गत माघ २ गते बसेको मोर्चाको बैठकले शहीद दिवसको अवसरमा माघ १६ गते काठमाडौँमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरेकोमा एक दिन अघि नै उक्त कार्यक्रम गर्न लागिएको बताइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस