रास्वपा संसदीय दलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ १६, बुधबार (२ महिना अघि)
  • ४० पटक पढिएको
रास्वपा संसदीय दलको बैठक बस्दै

माघ १६, काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दैछ ।
संसदको आगामी अधिवेशनको तयारीबारे छलफल गर्न पार्टी कार्यालय चःमतिमा बिहान ११ बजे रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो ।

प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) सहित विपक्षी दलहरूले सरकारले संसद छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकाल्दै संसदमा जोडदार रूपमा कुरा राख्ने तयारी गरेका छन् ।

रास्वपाले पनि सरकारले जारी गरेको अध्यादेश खोटपूर्ण रहेको निष्कर्ष निकालेको छ । अध्यादेशका अन्तर्वस्तुमाथि भने गुण र दोषका आधारमा बहस गर्ने रास्वपा प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस