प्रतिनिधिसभाको पाँचौँ अधिवेशन शुरु (LIVE)

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८१ माघ १८, शुक्रबार (२ महिना अघि)
  • ६६ पटक पढिएको
प्रतिनिधिसभाको पाँचौँ अधिवेशन शुरु (LIVE)

माघ १८,काठमाडौँ । प्रतिनिधिसभाको पाँचौँ अधिवेशन शुरु भएको छ । नयाँ बानेश्वरमा रहेको संसद् भवनमा शुरु भएको बैठकको प्रारम्भमा सभामुख देवराज घिमिरेले सदस्यहरुलाई स्वागत गरे । त्यस लगत्तै प्रजातन्त्र र लोकतन्त्रका लागि योगदान दिने ज्ञातअज्ञात सहिदको सम्मानमा मौन धारण गरी श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

आजको बैठकको शुरुमा अधिवेशन आह्वानको पत्रको जानकारी, राष्ट्रपतिको कार्यालयको पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र वाचन तथा अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नुहुने कार्यसूची छ । त्यस्तै अधिवेशन प्रारम्भका अवसरमा दलीय आधारमा मन्तव्य राखिनेछ भने सरकारले ल्याएका अध्यादेश सदनमा पेश हुने कार्यसूची छ ।

सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश–२०८१, निजीकरण (पहिलो संशोधन) अध्यादेश–२०८१, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ र भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ बैठकमा पेश हुने जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस