काङ्ग्रेसका नगर सभापति मृत भेटिए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ १९, शनिबार (२ महिना अघि)
  • ४९ पटक पढिएको
काङ्ग्रेसका नगर सभापति मृत भेटिए

माघ १९, काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नेपाली काङ्ग्रेसका नगर सभापति अच्युत कलौनी मृत भेटिएका छन् ।
उनी शनिबार बिहान भीमदत्त– १८ स्थित वडा कार्यालयनजिकै मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले जनाएको छ ।

सडकपेटीमा घोप्टो परेको अवस्थामा कलौनीको शव भेटिएको तस्वीर सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ । मृत्युको कारण खुल्न बाँकी रहेको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस