आज गण्डकी प्रदेशको आठौं स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ माघ २२, मंगलबार (२ महिना अघि)
  • ५४ पटक पढिएको
आज गण्डकी प्रदेशको आठौं स्थापना दिवस, प्रदेशभर सार्वजनिक बिदा

माघ २२, काठमाडौँ । गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । आफ्नो आठौं स्थापना दिवसको अवसरमा प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्थान र सार्वजनिक सेवा प्रदायक निकायहरुमा बिदा दिइएको हो ।

२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको छ ।
प्रदेश स्थापना दिवसको अवसरमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले स्थापनाकाल देखि नीतिगत, कानूनी र संस्थागत पक्षहरूलाई स्थापित गरी आफूलाई परिपक्व बनाउँदै लगेको बताएका छन् । शुभकामना सन्देश जारी गर्दै उनले गण्डकी प्रदेश सरकारले लिएको ‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशवासी’ को संकल्प पूरा गर्न सरकार कटिबद्ध रहेको पनि जिकिर गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस